इ–सेवाको कर्मचारी भन्दै १६ लाख रुपैयाँ ठगी
काठमाडाैं | माघ १६, २०७९
काठमाण्डौंः डिजिटल वालेट चलाउने इ–सेवाको नामबाट ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् ।
‘इ–सेवाको आधिकारिक कर्मचारी हुँ’, भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा काठमाण्डौंबाट शुभम साहलाई पक्राउ गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
रौतहटको माधवनारायण नगरपालिका निवासी साहबाट ठगिएको भन्दै प्रेम बाँनिया, माधव लामिछानेलगायत ३३ जनाले कार्यालयमा उजुरी दिएपछि उनलाई पक्रउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
कोइरालाका अनुसार साहले १६ लाख १३ हजार रुपैयाँ ठगि गरेको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ । १९ वर्षीय साहले इ–सेवाको कर्मचारी भन्दै निवेदकहरुलाई खाता अपडेट गर्नुपर्ने भन्दै उनीहरुको मोबाइलमा पासवर्ड पठाई कोड नम्बर मागेर ठगी गरेको आरोप छ ।
प्रहरीले सुभमको साथबाट १ थान मोटरसाइकल, २ मोबाइल, १० थान सिमकार्ड, एटीएम कार्ड, नागरिकतालगायत बरामद गरेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

